logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • मकवानपुरबाट ८ किलो सुन बरामद, २ जना पक्राउ

    मकवानपुरबाट ८ किलो सुन बरामद, २ जना पक्राउ

    924
    Shares
    मकवानपुरबाट ८ किलो सुन बरामद, २ जना पक्राउ

    काठमाडौँ । प्रहरीले मकवानपुरको हेटौँडाबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरेको छ । करिब ११ करोड बढीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ ।

    सुन सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् ।

    उनीहरुलाई आज बिहान ३ बजे तिर विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend