logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • १२ करोड लागतमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु, स्वास्थ्य क्षेत्रमा नयाँ आयाम

    १२ करोड लागतमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु, स्वास्थ्य क्षेत्रमा नयाँ आयाम

    770
    Shares
    १२ करोड लागतमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु, स्वास्थ्य क्षेत्रमा नयाँ आयाम

    नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको हो ।

    नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए । ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

    डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend