बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

विपद्को सामना गर्न सक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ : गगन थापा

विपद्को सामना गर्न सक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ : गगन थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग सामना गर्न सक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा आज आयोजित कार्यक्रममा उनले विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।

पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपद्ले पाठ सिकाएको जनाउँदै उनले भने, “ भनेर प्रकृतिले भनिरहेको छ, प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्छ ।” उनले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिनेभन्दा निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याए ।

कांग्रेस जिल्ला अध्यक्ष दुर्लथ थापाले विपद्मा सबैले जुटेर काम गर्न र जनताको सेवामा कांग्रेस अगाडि बढ्न आग्रह गरे । कांग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापतिलगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले ‘म सेवा गर्छु’ भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने दुई सय २० भन्दा बढी सदस्य रहेको बताए । रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उनतले आह्वान गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend