काठमाडौैँ । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । उनले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले उनलाई आजै शपथ गराउने तयारी गरेको छ ।