logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • मेलम्ची अवरोध खुलाउन मन्त्री यादव स्थानीयको घरमै पुगेर अनुरोध गर्ने

    मेलम्ची अवरोध खुलाउन मन्त्री यादव स्थानीयको घरमै पुगेर अनुरोध गर्ने

    308
    Shares
    मेलम्ची अवरोध खुलाउन मन्त्री यादव स्थानीयको घरमै पुगेर अनुरोध गर्ने

    काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

    मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताए । उनले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए ।

    मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिए । मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए ।

    उनले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताए । उनले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पुर्याएको बताए। उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामा पनि धेरै क्षति गरेको बताए ।

    महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए । उनले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको बताए ।

    उनले केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताबताउँदै सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने, नयाँ मसिन खरिद गरी काम गर्ने जानकारी दिए ।

    ‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पु¥याएको छ । अझै डाटा संकलन गर्ने काम गरिरहेका छौं । काठमाडौं उपत्यका खानेपानीमा पनि धेरै क्षति गरेको छ । महाकाल चौउरमा भएका मेसिनरी वस्तुहरुसबै क्षति भएको अवस्था थियो । कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ’ -उनले भने ‘नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो । पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ । महोतरीमा पनि क्षति भएको छ । पहाडी जिल्लामा पनि क्षति भएको छ । अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन । विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौ । केही समयपछि क्षति भएका संरचनाहरु पुननिर्माण हुन्छन् ।’

    काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी गरिरहेको बताए । उनले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend