logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • प्रभु ग्रुपका अध्यक्ष भट्टचनको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख

    प्रभु ग्रुपका अध्यक्ष भट्टचनको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख

    189
    Shares
    प्रभु ग्रुपका अध्यक्ष भट्टचनको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख

    काठमाडौं । व्यवसायिक घरना प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ प्रदान गरिएको छ । प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सांसद भट्टचनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रुपको तर्फबाट सहयोग हस्तान्तरण गरेका छन् ।

    केही दिनअघि आएको भीषण वर्षाका कारण विभिन्न स्थानमा ठूलो धनजनको क्षेती भएकोमा प्रभु ग्रुपका अध्यक्ष तथा संघीय सांसद भट्टचनको तर्फबाट १ करोड रुपैयाँ कोषमा जम्मा गरिएको छ ।

    प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाख गरि १ करोड ७५ लाख रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

    समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन लगायत बैंकका उच्च अधिकारी सहभागी थिए । सांसद भट्टचनले प्रभु ग्रुपले विगतमा पनि विपद्को समयमा सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताएका छन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकोमा सबैमा धन्यवाद दिए ।

    असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने क्रम जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend