logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्योः दशैं/तिहार विदामा पनि उपचार हुन्छ

    सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्योः दशैं/तिहार विदामा पनि उपचार हुन्छ

    350
    Shares
    सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्योः दशैं/तिहार विदामा पनि उपचार हुन्छ

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ ।

    अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन् । दशैँ, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक विदा अस्पतालहरुमा पनि हुने गर्दछ । ती विदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए ।

    उनले सार्वजनिक विदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए ।

    अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक विदा दिर्ने गर्दछ । तर ती सार्वजनिक विदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताए ।

    उनले भने, ‘हामी पहिले नै प्रिपिएर भएर बस्छौं ड्युटीमा रहेका कुनैपनि डाक्टरले विदा नलिने भनेर । त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ । उहाँहरुले आफ्नो गु्रपमा समयमै ड्युटीमा आउने, सकेसम्म विदा नलिने, लिन परे रिप्लेस गरेर लिने । यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौं । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौं । बच्चा कम चल्यो ।

    मानौं, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरुलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने उहाँहरुले विदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ । तर विदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन । किनभने हामी डयुटीमा कम्तिमा ६ जना एमडी गरेका डाक्टरहरु र ६ जना एमडी गरिसकेका डाक्टरहरु १२ जना डाक्टरहरुको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन् ।’

    दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक विदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक विदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए ।

    उनले भने, ‘दशैंको ३ दिन, स्पेसली फूलपाती, अष्टमी र दशमी । यसपाली नवमी भएन । ३ दिन हामीले सार्वजनिक विदा नै गरेका छौं । यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ । र कुनैपनि विरामीहरुले अस्पताल विदा छ भनेर कुनै समस्या परेर अस्पताल बन्द छ भनेर घर बस्नुपर्ने अवस्था हुँदैन ।

    किनभने उहाँहरुलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शंका लागेका उहाँहरु तुरुन्तै इमर्जेन्सीमा आएर त्यहाँ २४ घण्टा नै डाक्टरहरु हुनुहुन्छ । यस अस्पतालमा एमडी गरेका कम्तिमा ६ देखि ८ जना एमडी गरेका डाक्टरहरु बस्नुहुन्छ । त्यसले गर्दा उहाँहरुलाई अरु बेलामा जस्तै हामीले ओपीडीमा जस्तै सर्भिस दिनसक्छौं ।

    अर्को कुरा के छ भने यो अस्पतालमा विदाको दिनमा पनि सार्वजनिक विदाको दिनमा दशैंको ३ दिन र तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन बाहेक अन्य दिनमा नेपाल सरकारले गरेको विदाहरुमा पनि हामीले आधा दिन विरामीहरुलाई कहिले काँही २, ३ दिनसम्म लगातार विदा पर्ने, शनिवार पनि विदा पर्ने हुनाले गर्भवती महिलाहरुलाई, सेवाग्राहीहरुालाई मर्का पर्ने भएर यस अस्पतालले पहिले देखि नै एउटा निर्णय गरेर हस्पिटल चाँही आधा दिन चलाउने भनेको भनेको १—२ बजेसम्म चलाउने ।

    जसले गर्दाखेरी हामीले सेवाग्राहीहरुको इमर्जेन्सीमा भिड पनि कम भयो । र, ओपीडीमा आउने विरामीहरु फर्केर जान पनि परेन । यसले गर्दाखेरी यहाँको सेवाग्राहीहरु चाहीँ अलि सन्तुष्ट देखेका छौं । किनभने उहाँहरुलाई एउटा सेवा पनि राम्रो भयो । र, अर्को चाहीँ इमर्जेन्सीमा जुन विरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपीडीका विरोमी जम्मा भईदिने बित्तिकै उक्त विरामीले वा इमर्जेन्सीका विरामीले सेवा ढिलो पाउन सक्छ । लाईन बस्नुपर्ने हुन सक्छ । यसलाई सहजीकरण भएको छ । ’

    अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend