logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

    इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

    1.1K
    Shares
    इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

    तेहरान, एएफपी । इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमाण्डरलाई सम्मानित गरेको छ ।

    इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको वेबसाइटका अनुसार सर्वोच्च नेताले ‘रिभोल्युसनरी गार्ड्स’का ‘एयरोस्पेस कमान्डर’लाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि विभूषित गरेका छन् ।

    “अयातुल्लाह खामेनीले गार्ड्स एरोस्पेस फोर्सका कमान्डर जनरल अमिराली हाजिजादेहलाई अर्डर अफ फाथ अर्थात् ‘विजयको लागि सम्मान’ द्वारा विभूषित गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।

    वेबसाइटमा जनाइएअनुसार यो विभूषण ‘ईमान्दारिता र राष्ट्रिय गौरब’ का क्षेत्रमा योगदान पुर्याएबापत प्रदान गरिएको हो ।

    ६२ वर्षीय हाजिजादेहले सन् २००९ मा स्थापना भएदेखि इरानी सेनाको एयरोस्पेस युनिटको नेतृत्व गर्दै आएका छन् ।

    इजरायली हवाई हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र आईआरजीसीका शीर्ष जनरल अब्बास निलफरहानको मृत्यु भएको बदलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले गत मङ्गलबार इजरायलमाथि करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।

    गत अप्रिलमा दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको घातक आक्रमणको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि इरानले छ महिनायता इजरायलमाथि गरेको यो दोस्रो प्रत्यक्ष आक्रमण थियोे ।

    इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको छिट्टै उचित जवाफ दिने इजरायलले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend