logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • एनआईसी एशिया बैंकद्वारा पुस्तकालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

    एनआईसी एशिया बैंकद्वारा पुस्तकालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

    77
    Shares
    एनआईसी एशिया बैंकद्वारा पुस्तकालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँको बन्दिपुर गाउँपालिका-१ मा रहेको पवित्रा माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गरेको छ। बैंकले उक्त पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ।

    विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पुस्तकालय निर्माण गरेको बैंकले जानकारी दिएको छ। पुस्तकालय संचालनमा आएसँगै उक्त विद्यालयका करिब १ हजार १२५ विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरू प्रत्यक्षरुपमा लाभान्वित भएका छन्।

    यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर गाउँपालिका-१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका-२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका-३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा पनि पुस्तकालय निर्माण गरेको थियो।

    त्यसैगरी, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका-१ मा रहेको बाला सुन्दरी माध्यमिक विद्यालय र पर्साको वीरगंज महानगरपालिका-१४ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका-४ मा अवस्थित पब्लिक सेकेन्डरी स्कुल र बागमति प्रदेशको चितवनस्थित राप्ती नगरपालिका-७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा समेत पुस्तकालय भवन निर्माण कार्य गरेको बैंकले जनाएको छ।

    बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ। यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

    बैंकका अनुसार विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend