logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • स्टार माइक्रो इन्स्योरेन्सले आइपिओ ल्याउने, गरिमा क्यापिटल बिक्री प्रवन्धक

    स्टार माइक्रो इन्स्योरेन्सले आइपिओ ल्याउने, गरिमा क्यापिटल बिक्री प्रवन्धक

    364
    Shares
    स्टार माइक्रो इन्स्योरेन्सले आइपिओ ल्याउने, गरिमा क्यापिटल बिक्री प्रवन्धक

    काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। आइपिओ निष्कासन गर्न स्टार माइक्रोले गरिमा क्यापिलट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    स्टार माइक्रो र गरिमा क्यापिटलबीच आइपिओ निष्कासन तथा प्रत्याभूति व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ। क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) निर्मल भट्टराई र इन्स्योरेन्सका सिइओ विश्वराम तिमिलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    स्टार माइक्रोले कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत आइपिओ निष्कासन गर्न लागेको हो। स्टारले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गर्न लागेका छ।
    स्टार माइक्रोको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने पर्ने व्यवस्था नियामक नेपाल बिमा प्राधिकरणले गरेको छ ।

    स्टार माइक्रोले २०७९ पुसमा बिमा प्राधिकरणबाट लघुबिमा व्यवसाय गर्ने अनुमतिपत्र (लाइसेन्स) पाएको थियो । स्टारले २०८० भदौदेखि निर्जीवन लघु बिमाको व्यवसाय थालेको हो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend