logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • नेपालगञ्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

    नेपालगञ्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

    91
    Shares
    नेपालगञ्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

    काठमाडौँ । दशौं धारा नेपालगञ्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।

    धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगञ्ज कनक्लेव हरेक बर्ष संयुक्त रुपमा गर्ने सम्बन्धमा नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित धारा नेपालगञ्ज म्याराथन र यसको भगिनी इभेन्ट नेपालगञ्ज कनक्लेवमा साझेदारी गर्न पाउँदा सम्पुर्ण युवा उद्यमीलाई उत्साहित बनाउने बताए ।

    सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले समाजलाई दिशानिर्देश गर्ने कार्यक्रममा युवा उद्यमीसँग हातेमालो गर्न पाउँदा बेग्लै उर्जा मिलेको बताए ।

    मञ्चका निवर्तमान अध्यक्ष एवं नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा नितेश कनोडियाले नेपालगन्ज कनक्लेव जस्तो ज्ञानवद्र्धक कार्यक्रमसँग आफु नेतृत्वमा रहँदा साझेदारी सुरुवात गरेपनि वर्तमान नेतृत्वले निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।

    मञ्चका बरिष्ठ उपाध्यक्ष डा ओम मिश्रले कनक्लेव निरन्तरता र प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा मञ्चका अर्का उपाध्यक्ष इन्जियर अरसद सिद्धिकी, नेपालगन्ज म्याराथनका आउटरिच म्यानेजर चाहना शाह र आइटी कन्सल्ट्यान्ट भानु रेग्मीको उपस्थिति थियो ।

    नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्सले कनक्लेव डाइरेक्टर तथा मञ्चले डेपुटी डाइरेक्टर नियुक्त गर्नेछ । नेपालगञ्ज कनक्लेव आगामी मंसिर २० र २१ गते हुनेछ भने विभिन्न आठ सेसनमा बहस र छलफल हुने बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend