logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • ३५ दिनभित्र मागदावी गर्न सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका बचतकर्तालाई आग्रह

    ३५ दिनभित्र मागदावी गर्न सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका बचतकर्तालाई आग्रह

    196
    Shares
    ३५ दिनभित्र मागदावी गर्न सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका बचतकर्तालाई आग्रह

    काठमाडौँ । सरकारले समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताहरुसँग मागदावी गरेको छ ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका बचतकर्ता, संस्था वा संघका सदस्य तथा साहुहरुलाई बचतको अनलाईन मागदावी आवेदन पेश गर्न भनेको हो ।

    बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समितिले मंगलबार सूचना जारी गर्दै बचतकर्ताहरुलाई मागदावीका लागि आउन भनेको छ ।

    सहकारी मन्त्रालयका अनुसार ३५ दिनभित्र मागदावी पेश गरिसक्नुपर्ने छ । सूचना अनुसार बचताकर्ताहरुले अब ३५ दिनभित्र आफ्नो मागदावी गर्नुपर्ने छ ।

    प्रदेश सहकारी ऐन, २०७६ को दफा ८९ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य, बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकम प्रदेशको सहकारी मन्त्रालयको वेवसाइटमा गएर मागदावी गर्न सक्ने छन् ।

    ‘प्रदेश सहकारी ऐन, २०७६ को दफा ८९ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य, बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकम प्रदेशको सहकारी मन्त्रालयको वेवसाइटमा गएर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगर काठमाडौँ क्लिक गरी यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फच सप्रमाण दावी पेश गर्नुहुन सम्बन्धित सरोकारवालाहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

    सहकारीलाई गत भदौ २१ को वाग्मती प्रदेश मन्त्रीस्तरीय निर्णयले समस्याग्रस्त घोषणा गरेको थियो ।

    कम्पनीका सञ्चालकहरुको बचतकर्ताको ७ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेका छन् ।

    सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारले यस सहकारीबाट अस्वभाविक ऋण लिएर विभिन्न कम्पनी खडा गरी घरजग्गामा लगानी गरेको थिए ।

    इच्छाराज तामाङ सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्स लगायत विभिन्न बचतकर्ताको रकम अपचलन गरेका छन् ।

    सहकारी ठगी र सम्पित्ति सुद्धिकरण मुद्धामा अध्यक्ष तामाङ र उनका श्रीमति राधिका अहिले जेलमा छन् ।

    यो पनि : 

    सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई ऋण तिर्न समितिको ३५ दिने ‘अल्टिमेटम’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend