शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

ग्लोबल आइएमई बैंकको ५.५ प्रतिशत लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको ५.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले साढे ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको ४ सय ४६ औं सञ्चालक समिति बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ छ। बैंकले गत वर्ष ६ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने ग्लोबल आइएमईले जनाएको छ । बैंकले २०७९ ८० मा ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। २०७७७८ मा सेयरधनीलाई ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

No description available.

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend