logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्री यादवको निर्देशन

    उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्री यादवको निर्देशन

    224
    Shares
    उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्री यादवको निर्देशन

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।

    मंगलबार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

    उनले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए । उनले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए ।

    उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाए । पानी ल्याउन धेरै चुनौति र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरुको माग दशैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए ।

    उनले भने, ‘काठमाडौं उपत्यकावासीको जुन सपना थियो, हिमालको पानी, मेलम्चीबाट निस्किएको पानी खान पाउँछ र त्यसको लागि मेलम्ची विकास समितिले अर्बौं रुपैयाँ लगाएर ट्रनेल बनाएको थियो । शुद्ध खानेपानी काठमाडौंवासीलाई दिइरहेको थियो । तर २०७८ सालको बाढीले र पहिरोले गर्दा धेरै क्षति भयो । स्थानीयवासीको पनि अवरोध भयो ।

    त्यसले गर्दा कहिले खुल्ने र कहिले बन्द हुने अवस्था भयो । वर्षाको कारणले गर्दा ४ महिना बन्द हुने स्थिति आयो । यो ४ महिनादेखि बन्द नै थियो । आज दशैँअघि प्रतिवद्धता गरेका थियौँ, पानी काठमाडौं पथान्तरण गर्ने त्यो वाचार पूरा गरेका छौँ । अब काठमाडौं उपत्यकावासीको घरघरमा यो पानी पुग्छ । त्यसको लागि केयुकेएललाई अनुरोध गरेका छौँ । सबै मोनिटर गरेर जनताको घरघरमा पानी वितरण गर्नुस् भनेका छौँ । यसमा १७ करोड लिटर पानी आउँछ ।

    यो सबै काठमाडौं उपत्यकामा जान्छ । यो पानीले गर्दा खास गरेर काठमाडौं उपत्यकावासीको लागि कमसेकम दुई दिन बिराएर दिने योजना छ । मैले एक दिन बिराएर दिन आग्रह गरेको छु । पानी ल्याउन धेरै चुनौति र कठिनाइ भयो । हेलम्बुका प्रभावितहरु आन्दोलनमा थिए । स्थानीय जनप्रतिनिधिहरु आन्दोलनमा थिए । उहाँहरुसँग वार्ता गरेर, उहाँहरुलाई विश्वासमा लिएर पानी ल्याएका छौँ । अब अर्को वर्षात नआउन्जेल निरन्तर पानी आउँछ । आन्दोलन त उहाँहरुले आंशिक रुपमा स्थगित गर्नुभएको छ ।

    उहाँहरुले माग पूरा भएन भने तीन महिनामै आन्दोलन गर्छौं भनेका छन् । उहाँहरुको जायज माग हामी दशैँपछि बोलाएर राय, सल्लाह लिएर गर्नसक्ने कुरा अघि बढाउँछौँ ।’

    मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोन गर्नुपर्ने स्थिति आउन नदिने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend