logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्रपतिबाट विजया दशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

    राष्ट्रपतिबाट विजया दशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

    196
    Shares
    राष्ट्रपतिबाट विजया दशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजया दशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् ।

    राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म उनीबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

    इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३ः३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ ।

    यस्तै इच्छुक आमनागरिकका लागि अपराह्न ३ः३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend