बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

विपद्पछिको पुनर्निर्माणका लागि कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

विपद्पछिको पुनर्निर्माणका लागि कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौँ । दक्षिण कोरिया सरकारले हालैको विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालस्थित कोरियाली दूतावासले कोरियाको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ ।

यसैबिच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाइएको छ ।

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबिचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend