logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

    एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

    105
    Shares
    एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

    काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालले हालैका बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ।

    यो सेवा प्रदान गर्न कम्पनीले ‘एलजीको सहायता सेवा’ नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ।

    यस अभियानअन्तर्गत ग्राहकहरूले १०० प्रतिशत निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नको लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन्। कम्पनीका अनुसार यो योजना कात्तिक ९ सम्म मान्य हुनेछ र ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्नेछ।

    दर्ता र थप जानकारीका लागि ग्राहकहरूले १६६०-०१-००२११ वा ०१-५९७०२११ हेल्पलाइनमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend