शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

चंगा देखियो, वर्षा गयो (फोटो फिचर)

चंगा देखियो, वर्षा गयो (फोटो फिचर)

काठमाडौं । दशैँ तिहार नजिकिएसँगै काठमाडौँमा चंगा देखिन थालेको छ। काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने संदेश दिन चंगा उडाउने चलन बसेको भनिन्छ।

यता आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौँ उपत्यकाका गल्लि चोकदेखि ब्यापारी क्षेत्रमा चंगाको ब्यापार बढेको छ । पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरुले बताएका छन् ।

यसैबारे काठमाडौँ उपत्यकाको चंगा ब्यापार भइरहेको स्थानमा पुगी तयार पारेको फोटो फिचर सामग्री ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend