logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    581
    Shares
    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ ।

    भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो । गत जेठ १६ गते सगरमाथा दिवसका अवसरमा आयोजित उक्त रेस्लिङ प्रतियोगितामा भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भीडन्त भएको थियो ।

    उक्त भीडन्तमा भगवती विजयी भएकी थिइन् । सोही कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको हो ।

    रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान् बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व कीर्तिमान भएको जानकारी दिइन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

    वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे ।

    ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा पनि कीर्तिमान् समावेश गर्न पहल भइरहेको भगवतीले जनाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend