logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

    दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

    126
    Shares
    दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    आज मन्त्रालयमा आयोजना गरिएको वडादसैँको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भने, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।”

    उनले हाल विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्या समाधान गर्न सबै राष्ट्रसेवक कर्मचारी अग्रसर हुन आग्रह गरे । मन्त्री यादवले भने, “विपद्मा विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।”

    काठमाडौँ उपत्यकामा हिजो मङ्गलबारदेखि वितरित मेलम्चीको पानी पुगेको क्षेत्र र पानी अपुग भएको क्षेत्रबारे निरन्तर अनुगमन गरी पानी वितरण गर्न मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    हिन्दूहरुको महान् पर्व विजया दशमी, शुभ दिपावली एवं छठपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजया दशमी सबैका लागि सुःखद् रहोस् भनी मन्त्री यादवले शुभकामना दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend