logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • हेर्नुहोस् कस्तो छ आजको तपाईको राशिफल ?

    हेर्नुहोस् कस्तो छ आजको तपाईको राशिफल ?

    406
    Shares
    हेर्नुहोस् कस्तो छ आजको तपाईको राशिफल ?

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कृषि कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend