logo

२०८१ असोज २५ शुक्रबार

logo
  • शुक्रबार, २५ असोज २०८१
  • दसैँमा टाटा मोटर्सको ७५१ गाडी नेपाली बजारमा डेलिभरी

    दसैँमा टाटा मोटर्सको ७५१ गाडी नेपाली बजारमा डेलिभरी

    441
    Shares
    दसैँमा टाटा मोटर्सको ७५१ गाडी नेपाली बजारमा डेलिभरी

    काठमाडौँ । दसैँमा टाटाको पन्च इभि, टियागो इभि, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।

    यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दसैँमा ३७७ युनिट डेलिभरी भएको हो । सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभिमा कम्पनिले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।

    सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभिले नेपालमा राम्रो बजार लिइरहेको छ ।

    टाटाको पन्च इभिको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्रि भएको मोडल हो । यो दसैँमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ । विशेषगरि महिलाहरु र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको टियागो इभिको पनि यो दसैँमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ ।

    यो दसैँमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भए संगै सिप्रदीले यो दसैँमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ ।

    यसको साथै दसैँको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ ।

    साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुला हुने कम्पनीको भनाइ छ ।

    जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend