बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सुर्खेतमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

सुर्खेतमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, उक्त दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बसमा तीन जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो ।

घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend