logo

२०८१ असोज २५ शुक्रबार

logo
  • शुक्रबार, २५ असोज २०८१
  • रतन टाटा जसले ४ अर्बबाट १ खर्ब डलरको बिजनेस साम्राज्य बनाए

    रतन टाटा जसले ४ अर्बबाट १ खर्ब डलरको बिजनेस साम्राज्य बनाए

    1.5K
    Shares
    रतन टाटा जसले ४ अर्बबाट १ खर्ब डलरको बिजनेस साम्राज्य बनाए

    एजेन्सी । भारतको सबैभन्दा पुरानो व्यवसायिक प्रतिष्ठान टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या थियो ।

    सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष भएका थिए । उनी सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनु अघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष भएका थिए ।

    सन् २००८ मा उनलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो ।

    ४ अर्ब डलरको कम्पनीलाई टाटा समूह, एक प्रमुख भारतीय समूहले विगत केही दशकहरूमा उल्लेखनीय वृद्धि गरेका थिए । रतन टाटाले सन् १९९१ मा पदभार ग्रहण गर्दा समूहको वार्षिक आम्दानी ४ अर्ब डलर थियो । सन् २०१२ मा जब रतन टाटा सेवानिवृत्त भए कम्पनीको आम्दानी वार्षिक १ खर्ब डलर नाघेको थियो । जसले टाटा समूहलाई यो ‘माइलस्टोन’ हासिल गर्ने पहिलो भारतीय समूह बनायो ।

    रतन टाटा १९६२ मा एक सहायकको रूपमा टाटा इन्डष्ट्रिजमा सामेल भएका थिए । उनी सन् १९९१ मार्चमा अध्यक्ष बनेका थिए । त्यस समयमा समूह जेआरडी टाटाको विकेन्द्रीकृत नेतृत्वमा अर्धस्वायत्त विभाजनहरूको संग्रह थियो । टाटाले समूहको मुख्यालय बम्बे हाउसमा केन्द्रीकृत व्यवस्थापन गरे र सन् १९९० को प्रारम्भमा भारतको आर्थिक उदारीकरणमार्फत कम्पनीको नेतृत्व गरेका थिए ।

    उनको नेतृत्वमा, टाटाले सिमेन्ट, कपडा र औषधि जस्ता कमजोर प्रदर्शन गर्ने बिजनेसलाई बेचेर समूहको पुनर्संरचना गरेका थिए । कम्पनीले आफ्नो सफ्टवेयर र स्टिल व्यवसायलाई बलियो बनाउन ध्यान केन्द्रित गरेको थियो । ग्रुपले टेलिकम्युनिकेसन, यात्री कार, बिमा, वित्त, खुद्रा र उड्डयन जस्ता नयाँ क्षेत्रहरूमा लगानी बढायो ।

    समूहले कमिन्स, एआईए र स्टारबक्स जस्ता कम्पनीहरूसँग प्रमुख अन्तर्राष्ट्रिय साझेदारीहरू पनि गठन गर्यो । महत्वपूर्ण अधिग्रहणहरूमा जगुआर ल्यान्ड रोभर, टेटली र कोरस समावेश थिए । टाटाको कार्यकालको अन्त्यमा समूहको ६०५ भन्दा बढी राजस्व १०० भन्दा बढी देशहरूमा सञ्चालनबाट प्राप्त भएको थियो ।

    रतन टाटाले टाटा सन्स, होल्डिङ कम्पनीको प्रमुख एकाइहरूमा अधिग्रहणबाट बच्नको लागि महत्वपूर्ण हिस्सेदारी रहेको सुनिश्चित गरेर समूहको कर्पोरेट सुशासनलाई सुधार गरे ।

    उनले निलो रङको लोगो प्रस्तुत गरे जसले ब्रान्डको मूल्य १९९८ मा ३० करोड डलरबाट सन् २०१२ मा ११ अर्ब डलर बढ्यो , सन् २००४ मा उनले टाटा कन्सल्टेन्सी सर्भिसेजलाई पब्लिक बनाए । त्यसबेलाको भारतको सबैभन्दा ठूलो साधारण सेयर (आइपिओ) बाट १ अर्ब १७ करोड डलर उठाएको थियो ।

    यो कदमले समूहको वित्तीय आधारलाई बलियो बनायो । रतन टाटाको कार्यकालले पनि चुनौतीहरूको सामना गर्यो । टाटा कन्ज्युमर प्रोडक्ट्सले सन् १९९० को दशकको उत्तरार्धमा आतंककारीहरूको संकटको सामना गरेको थयो ।

    १९९८ मा टाटा मोटर्सले इन्डिया कार लन्चमा ५ अर्ब भारु घाटाको सामना गर्नु परेको थियो । जसले सेयरधारकहरूको अशान्तिको कारण टाटाले राजीना दिएका थिए । उनले सन् २००५ मा सबैभन्दा सस्तो कार टाटा नानो लन्च गरेका थिए । जुन संसारको सबैभन्दा सस्तो कारको रूपमा प्रवद्र्धन गरिएको थियो । तर राजनीतिक विरोध र पश्चिम बंगालमा भूमि मुद्दाहरूको विरोधका कारण कठिनाइहरूको सामना गर्नुपरेको थियो ।

    सन् २००१ मा टाटा फाइनान्समा ५ अर्ब भारु ठगी बाहिर आएको थियो । रतन टाटाले लगानीकर्ताहरूलाई उनीहरूको पैसा फिर्ता गरिने आश्वासन दिएका थिए । जसले टाटा फाइनान्सलाई २००५ मा टाटा मोटर्समा गाभको थियो ।

    २००८ को नोभेम्बर २६ मा ताजमहल प्यालेस होटलमा भएको आतंकवादी हमला एउटा महत्वपूर्ण क्षण थियो। यस आक्रमणले दुःखद क्षति पुर्यायो । त्यसबेला समूहको प्रमुख सम्पत्तिमा क्षति पुगेको थियो ।

    रतन टाटा सन् २०१२ को डिसेम्बरमा सेवानिवृत्त भए तर नेतृत्व चुनौतिहरू सम्बोधन गर्न २०१६ अक्टोबरदेखि २०१७ को फेब्रुअरीसम्मको छोटो अवधिका लागि फर्के । उनको नेतृत्व टाटा समूह र भारतीय अर्थतन्त्रमा प्रभावको लागि प्रख्यात छ । रतन टाटाको कार्यकालले टाटा समूहमा ठूलो परिवर्तन ल्यायो । उनको दूरदृष्टि, नेतृत्व र लचिलोपनको लागि सम्झना गरिन्छ । त्यसैले रतन टाटाको दृष्टिकोण अझै पनि भारतको हुनुपर्छ ।

    यस्तो छ टाटा ग्रुपको इतिहास

    अंग्रेजको शासन काल सन् १८६८ मा उद्यमी तथा परोपकारी जमसेतजी नुरबन्जी टाटाले एउटा निजी ट्रेडिङ कम्पनीको रूपमा टाटा ग्रुपको स्थापना गरे । १९०२ मा कम्पनी विस्तार हुँदै इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल) लाई टाटा ग्रुपअन्तर्गत ल्याएर १९०३ मा ताज महल प्यालेसको उद्घाटन गरियो ।

    जुन देशकै पहिलो लक्जरी होटल थियो । १९०४ मा संस्थापक जमसेतजी टाटाको निधन भयो । तब उनका छोरा सर डोरब टाटाले ग्रुपको अध्यक्ष पद सम्हाले । डोरबको नेतृत्व र निर्देशनमा टाटा ग्रुप विस्तारै झाङिदै विभिन्न क्षेत्रतिर प्रवेश गर्न थाल्यो । १९०७ मा स्टिल, १९१० मा विद्युत १९११ मा शिक्षा, १९१७ मा उपभोग्य वस्तु र १९३२ मा उड्डयान क्षेत्रमा लगानी विस्तार गर्यो ।

    १९३२ मा डोरब टाटाको निधन भएपछि सर नोरोजी सक्लातवालाले अध्यक्ष पद सम्हाले । ६ वर्षपछि पुनः जाहागिर रतनजी डाडाभोइले ग्रुपको अध्यक्ष बने । उनको नेतृत्वले टाटालाई विकासको नयाँ बाटोमा लिएर गयो । टाटाले १९३९ मा रासायन, १९५२ मा कस्मेटिक्स, १९६२ मा चिया र १९६८ मा सफ्टवेयरको क्षेत्रमा प्रवेश गर्यो ।

    सन् १९४५ मा टाटा ग्रुप मोटर उत्पादनमा लाग्यो । ग्रपले टाटा इन्जिनियरिङ एन्ड लोकोमोटिभ कम्पनीको स्थापना गरेर व्यवसायमा विविधिकरण गर्योे । जसलाई २००३ पछि टाटा मोटर्सको नामले चिनिन थाल्यो । यो व्यवसायले इन्जिनियरिङ विकास तथा लोकोमोटिभ प्रोडक्ट निर्माणको क्षेत्रमा काम गथ्र्यो ।

    सन् १९९१ मा रतन टाटा, जाहागिर रतनजी डाडाभोई जेआरडी टाटाको अध्यक्ष बने । उनले कम्पनीलाई थप मजबुत बनाएर व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्य लिए । सन् २००० मा उनको नेतृत्वमा ग्रुपले लण्डन आधारित टिट्ले टिलाई अधिग्रहण गर्यो ।

    यस्तै २००४ मा कम्पनीले दक्षिण कोरियाको ट्रक निर्माणकर्ता कम्पनी डेइओ मोटर्सको स्वामित्व पनि लियो । २००१ मा टाटाले अमेरिकन इन्टरनेसनल ग्रुप कर्पोरेसनसँग जोडिएर बिमा कम्पनी टाटा एआईजीको स्थापना गरेको थियो ।

    यसैगरी २००७ मा टाटाले एङ्गलो डच स्टिल निर्माणकर्ता कम्पनी कोरस ग्रुप पनि अधिग्रहण गर्यो । जुन भारतीय कम्पनीको लागि तबसम्मकै सबैभन्दा ठूलो ‘कर्पाेरेट टेकओभर’ थियो । २००८ देखि टाटाले अटोमोटिभ क्षेत्रमा पनि हात हाल्न थाल्यो ।

    तर, कम्पनीका लागि सफलताको कोसेढुङ्गा २००८ को सुरुवातमा सावित भयो जब उसले नानो नामको सानो रेयर इन्जिन, पोड आकारको कार टाटा मोटर्सबाट सार्वजनिक गर्यो । जसले २००९ को मध्य जुलाईदेखि भारतीय सडक तत्ताउन थाल्यो ।

    २००८ मा टाटाले बेलायती ब्राण्ड ज्यागुवर र अमेरिकी फोर्ड मोटर कम्पनीबाट ल्याण्डरोभरको स्वामित्व लिएर अर्को कोसेढुङ्गा पार गर्र्यो । २०१२ मा रतन टाटाले अवकाश लिएर अध्यक्ष पदभार साइरस मिस्त्रीलाई हस्तान्तरण गरे । तर, केही असहमतिका कारण २०१६ मा मिस्त्री अध्यक्ष पदबाट अपदस्थ भए ।

    २०१७ को सेप्टेम्बरमा टाटाले आफ्नो युरोपेली स्टिल निर्माण अपरेसनलाई जर्मन स्टिल निर्माण कम्पनी थाइसेनक्रुपसँग समायोजनको घोषणा गर्यो । उक्त सम्झौता २०१८ मा फाइन त भयो तर पछि पुनः युरोपेली आयोगको अवरोधका कारण यतिकै रोकियो । तर, एक वर्षपछि अहिले पुनः टाटा स्टिल युरोपेले सोही जर्मनी कम्पनीसँग सम्भावित मर्जरका लागि वार्ता थालेको छ ।

    जेआरडी टाटा र एयर इन्डियाको सम्बन्ध

    एयर इन्डिया कम्पनी र टाटाका पूर्वअध्यक्ष जेआरडी टाटाबीच निकै लामो र गहिरो सम्बन्ध छ । एयर इन्डियाको कथा निकै पुरानो छ । भारत स्वतन्त्र हुनुभन्दा पनि पहिलाको हो । उक्त एयरलाइन्सलाई १९३२ मा जेआरडी टाटाले संस्थापन गरेका हुन् । उनी बिजनेस टाइकुन मात्र थिएनन् । भारतीय पाइलट पनि थिए । प्रारम्भिक चरणमा एयर इन्डिया एयरलाइन्स कम्पनीलाई टाटा एयर सर्भिस नाम दिइएको थियो ।

    १९२९ र १९३२ मा व्यावसायिक लाइसेन्स प्राप्त गरिसकेपछि, जेआरडीले उक्त एयरलाइन्स स्थापना गरेका थिए । तब उनले इम्पेरियल एयरलाइन्सका लागि ‘कन्ट्रयाक्ट’ पाएका थिए ।

    टाटाले उड्डयान विभाग पनि विकास गरेको थियो । दुइवटा डी हेभिल्याण्ड पुस मोथ्स मोनोप्लेन विमान पनि ल्याएको थियो । सोही वर्षको अक्टोबर १५ मा टाटाले कराँचीदेखि मुम्बईसम्म एयर मेल बोकेर एउटा पुस मोथ्स विमान उडाएको थियो । जसमा एउटा मात्र इन्जिन थियो । तब मुम्बईबाट त्यो विमान चेन्नाइमा उडेको थियो ।
    एयरलाइन्सको प्रारम्भिक दिनतिर त्यसले हप्तैपिच्छे अहमदावाद र मुम्बईदेखि कराँची, चेन्नाइसम्म चिठ्ठपत्र ओसारपसार गथ्र्यो । टाटा एयर सर्भिसले आफ्नो पहिलो व्यावसायिक उडान मुम्बईदेखि त्रिभानद्रममा सम्पन्न गरेपछि उसको नाम टाटा एयरलाइन्समा नामाकरण गरिएको थियो ।

    अझ दोस्रो विश्वयुद्धमा त टाटा एयरलाइन्सले रोयल एयरफोर्सलाई समेत सैनिक, हात हतियार, सामग्री ओसार्न तथा शरणार्थीको उद्धार गर्न सहयोग गरेको थियो । १९४६ मा टाटा एयरलाइन्स पब्लिक कम्पनी बन्यो र एयर इन्डिया नामाकरण गरियो । भारतको स्वतन्त्रतापछि उक्त एयरलाइन्सको ४९ प्रतिशत स्वामित्व भारत सरकारमा निहित रह्यो ।

    तर, १९५३ पछि भने सरकारले एयर कर्पोरेसन एक्टलाई बनाएर टाटा ग्रपबाट एयरलाइन्सको ठूलो हिस्सा सेयर आफ्ना नाममा लिइ एयरलाइन्सलाई नै राष्ट्रियकरण गर्यो । तर, जेआरडी टाटाको योगदान र पाइलट करियरप्रतिको उनको लगावको उच्च सम्मान गर्दै भारत सरकारले उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्यो । जेआरडीले आफू नहटाइएसम्म १९७७ सम्मै अध्यक्ष पदभार सम्हाले । अहिले यो एयरलाइन्स भारी ऋणका कारण यो कम्पनी टाटाले लिइसकेको छ ।

    १८६८ मा स्थापना भएको टाटा ग्रुप अफ कम्पनीज आजको समयमा भारतका एउटा पुरानो व्यावसायिक साम्राज्य हो । जमसेतजीले टाटा ग्रुप स्थापना गरेको १५५ वर्ष पुगेको छ ।

    सन् २०१९/०२० को रिपोर्टअनुसार यो ग्रुपमा ६ महादेशका सयभन्दा धेरै मुलुकका ७ लाख ५० हजारभन्दा धेरै कर्मचारी छन् । मुम्बईमा मुख्यालय रहेको टाटाले आज ‘प्राइमेरी बिजनेस सेग्मेन्ट’मा विभिन्न रासायन, सामग्री, उपभोग्य सामग्री, ऊर्जा सूचना प्रणाली आदि सञ्चालन गरिरहेको छ । कम्पनीको मुख्य लगानीकर्ता भनेको टाटा सन्स हो ।

    ०१९/२० मा टाटा कम्पनीको आम्दानी १ खर्ब ६ अर्ब डलर अर्थात झण्डै ८० खर्ब भारतीय रुपैयाँ थियो । टाटा कम्पनीका २९ वटाभन्दा धेरै कम्पनीहरू सार्वजनिक कम्पनीका रूपमा सूचीकृत छन् । तीनको समग्र बजार पुँजीकरण १ सय ७० खर्ब भारु धेरै छ ।

    यसबाहेक कम्पनीले स्वस्थ्य, जीवनयापन तथा शैक्षिकलगायत क्षेत्रमा काम गरिरहेका विभिन्न एनजीओ तथा ट्रस्टहरूलाई पनि सहयोग गर्दै आइरहेको छ ।विभिन्न किसिमका समाज कल्याण कार्यक्रमहरूसमेत आयोजना गर्दै आइरहेको छ ।

    ग्रुपका संस्थापक जमसेतजी टाटा शताब्दीकै शीर्ष १० परोपकारी व्यक्तिहरूको सूचीको पहिलो स्थानमा परेका छन् ।

    बजार पुँजीको दृष्टिले भारतको सबैभन्दा ठूलो कम्पनी टाटाले पछिल्लो एक शताब्दीमा १ खर्ब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको दान रकम प्रदान गरिसकेको छ ।

    जमसेतजीले टाटाको साम्राज्य खडा गरेका हुन । उनले खडा गरेको व्यावसायिक साम्राज्य भारतको सबैभन्दा ठूलो ग्रुप मध्येमा पर्छ । सन् १८६८ मा जमसेतजीले टाटाको स्थापना गरेका हुन । टाटाको वार्षिक आम्दानी १ खर्ब ६ अर्ब अमेरिकी डलर छ । टाटाले गाडी, कन्सल्टेन्सी, पूर्वाधार, सूचना प्रविधिलगायत दर्जनौं क्षेत्रमा लगानी विविधिकरण गरेको छ ।

    सोही प्रतिवेदनका अनुसार पछिल्लो १०० वर्षमा विश्वभरका नामुख परोपकारीहरूले कुल ८ खर्ब ३२ अर्ब अमेरिकी डलरको दान दिइसकेको उल्लेख छ । जसमा ५ खर्ब ३ अर्ब डलर फाउण्डेसनमार्फत विभिन्न सार्वजनिक प्रयोजन तथा उद्देश्यका लागि खर्चिइएको थियो भने बाँकी ३ खर्ब २९ अर्ब दानका रूपमा वितरण गरिएका थिए ।

    यो पनि :

    मुम्बईले उद्योगपति रतन टाटाको निधनमा एक दिन शोक मनाउने

    भारतका उद्योगपति रतन टाटाको निधन

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend