logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • टीकाको दिन : कहाँको मौसम कस्तो रहनेछ ?

    टीकाको दिन : कहाँको मौसम कस्तो रहनेछ ?

    217
    Shares
    टीकाको दिन : कहाँको मौसम कस्तो रहनेछ ?

    काठमाडौं । देशका केही भागमा आज बिहान मौसम बदली छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    कोसीलगायत मधेस प्रदेशको अधिकांश भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव छ । बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको विभागले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend