सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भारतमा एकजना नेताको गोली हानेर हत्या

भारतमा एकजना नेताको गोली हानेर हत्या

मुम्बई । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको हो । उनले कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो ।

त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend