logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

    बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

    245
    Shares
    बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

    ढाका, सिन्ह्वा । बङ्गलादेशमा डेङ्गु सङक्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।

    सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ ।

    डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सङ्ख्या दश हजार ८७२ पुगेको छ ।

    यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।

    बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

    डेङ्गयु ज्वरो संक्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेका बिरामीहरुमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend