logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • यू-१९ महिला टी२० विश्वकप छनोट : १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

    यू-१९ महिला टी२० विश्वकप छनोट : १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

    287
    Shares
    यू-१९ महिला टी२० विश्वकप छनोट : १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

    काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले प्रवक्ता छुम्बी लामाका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो । बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुने प्रवक्ता लामाले जानकारी दिए ।

    छनौट भएका खेलाडीमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी रहेका छन् । छनोट भएका अन्य खेलाडीमा स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend