logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनामुक्त भएको रहस्य खोले डोनाल्ड ट्रम्पले, उनले प्रयोग गरेको औषधिको बढ्यो माग

    कोरोनामुक्त भएको रहस्य खोले डोनाल्ड ट्रम्पले, उनले प्रयोग गरेको औषधिको बढ्यो माग

    6.2K
    Shares

    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई गत हप्ता कोरोना संक्रमण भएको थियो। अस्पतालमा तीन दिन बसेर डोनाल्डलाई डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भए लगतै उनी अहिले आफ्नो चुनावी अभियानमा सहभागी हुने तयारीमा छन्। यस्तो अवस्थामा ट्रम्प कसरी यति चाँडो कोरोनाबाट निको भए भनेर आम जनमानसमा प्रश्न उठ्न थालेको छ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु कोरोनामुक्त भएको जानकारी दिएका थिए। ट्रम्पका अनुसार कोरोनाको उपचारका लागि उनलाई रिजेनेरन आरईजीएन–सीओवी २ एन्टिबडी औषधि दिइएको थियो। आफुलाई उक्त औषधि दिएपछि उनले राम्रो महसुस गरेको बताएका थिए। उनले देशवासीलाई पनि सोहि औषधिको व्यवस्था गर्ने बताएका छन्।

    ट्रम्पकाअनुसार सो औषधि नै कोरोनाको उपचार हो र अब उनी यस औषधिलाई अमेरिकामा निःशुल्क उपलब्ध गराउन चाहन्छन् । ट्रम्पले आफ्नो उपचारको श्रेय रिजेनेरन कम्पनीको औषधिलाई दिएका छन्।

    उनले एक भिडियो सार्वजनिक गर्दै भने, ’म तपाईंहरुलाई पनि मलाई प्रयोग गरिएको औषधि मिलोस् र यस औषधिलाई हामि निःशुल्क र सकेसम्म चाडैं अस्पतालहरुमा उपलब्ध गराउनेछौं। ’ यो औषधि कोरोना संक्रमणसँग लड्न सबैभन्दा प्रभावकारी औषधी मध्ये एक मानिन्छ। 

    यद्यपि यो औषधि बनाउने कम्पनीका अनुसार हाल यस औषधिमा अनुसन्धान भइरहेको छ, तर आपतकालमा यसको प्रयोगलाई अनुमति दिइएको बताएको छ। बेलायतमा यस औषधिको परीक्षणहरूका लागि पनि प्रयोग हुँदैछ।

    स्वास्थ्य विशेषज्ञहरूले यस औषधिलाई राम्रो र शक्तिशालीको रूपमा वर्णन गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू यस औषधिबाट निको भएको दाबी गरेपछि यो औषधिको माग अमेरिकामा बढेको छ। अमेरिकाका धेरै मानिसहरू औषधिको परीक्षणमा भाग लिन इच्छुक रहेको कुरा व्यक्त गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend