सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दसैँपछिको पहिलो कारोबार दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?

दसैँपछिको पहिलो कारोबार दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ । दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend