logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी महिला, जसले ५ हजार जनामा कोरोना संक्रमण सारिन् !

    यी महिला, जसले ५ हजार जनामा कोरोना संक्रमण सारिन् !

    7K
    Shares

    एजेन्सी – दक्षिण कोरियामा एक महिलाका कारण करिब ५ हजार जनामा कोरोना फैलिएको पाइएको छ।

    दक्षिण कोरियाका वैज्ञानिकका अनुसार भाइरस फैलिनुको कारण अनुसन्धान गर्दा एक महिलाको लापरवाहीका कारण देशमा हजारौँ मान्छे संक्रमित भएको पाइएको हो ।

    उनी संक्रमित भइसकेपछि विभिन्न स्थानमा यात्रा गर्नाले भाइरसको आक्रमण नियन्त्रण हुन नसकेको पाइएको हो । एक कोरोना संक्रमित महिला बिहानको प्राथनाका लागि शेन्चोजी चर्च गइन् । जहाँ उनको माध्यमबाट १२ सय जना संक्रमित भए । त्यसपछि उनी ६ फेब्रुअरीमा सानो दुर्घटनाका कारण अस्पताल पुगिन् । जहाँ गर्दा उनमा ज्वरोको मात्रा बढी देखियो ।

    त्यसपछि सोहि अस्पतालमा उनीमार्फत थप १ सय १९ जना संक्रमित भए । उनको यात्रा त्यसपछि पनि रोकिएन । १४ फेब्रुअरीमा उनी खाना खान क्वीन वेल होटलमा गइन् । त्यहाँ पनि धेरै जना संक्रमित भए । यसरी पुरै राष्ट्रमा उक्त भाइरस फैलियो र कसैलाई थाहा पनि भएन ।

    दक्षिण कोरियाको राजधानी सोउलमा उक्त महिलालाई संक्रमण भएको थियो । उनको माध्यमबाट पुरै देशमा भाइरस फैलिएको वैज्ञानिकको अनुसन्धानमा देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend