logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • भरत रानाभाट: सेयर बजारका ‘कोहिनूर’

    भरत रानाभाट: सेयर बजारका ‘कोहिनूर’

    1.1K
    Shares
    भरत रानाभाट: सेयर बजारका ‘कोहिनूर’

    सेयर बजारमा आउनुअघि म ट्राभल एजेन्सी चलाएर बसेको थिए । म स्नातकोत्तर गर्न शंकर देब क्याम्पस पढ्ने बेला सेयर बजार नजिकबाट बुझ्ने र हेर्ने मोका मिल्यो । हामीलाई पढाउने मध्य केहि शिक्षकहरु सेयर बजारसँग नजिक हुनुहुन्थ्यो । एकजना रविन्द्र भट्टराई सरले त सेयर बजार सम्बन्धित किताब नै निकाल्नु भएको थियो । त्यो हिसाबले हामीले सेयर बजारलाई नजिकबाट बुझ्ने मौका पाएका थियौं ।

    त्यतिबेला मैले अर्को व्यवसाय पनि गरिरहेकोे हिसाबले त्यहाँबाट आएको थोरै पैसा दोस्रो बजारमा लगाएर सेयर बजारमा कारोबार सुरु गरेको थिएँ । म मास्टर्स डिग्री गर्दै ट्राभल एजेन्सी पनि चलाई रहेको र यो सँगै अरु व्यवसाय पनि गर्न खोजिरहेको थिएँ । त्यहिँ बेलामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर लाइसेन्स खोल्ने कुरा गर्यो । त्यसमा म उत्साहित भएको थिएँ । चलाउन सकिन्छ भनेर कम्पनी दर्ता गरियो । त्यो समयमा नेप्सेले २७ वटा ब्रोकर कम्पनी थपको लागि आवेदन खोलेको थियो । त्यसमा ३ सय ३६ वटा कम्पनीले आवेदन दिएका थिए ।

    नेप्सेले कम्पनीको विभिन्न पक्षलाई आधार मानी ७५ नम्बर र २५ नम्बरको लिखित परीक्षा लिने गरि आवेदन खुल्ला गर्यो । अगाडीको सबै प्रक्रिया पुरा गरेर लिखित दिने दिन भन्दा अघिल्लो दिन साँझ परीक्षा स्थगित भयो । त्यो बेलामा भर्खर भर्खर माओवादी शान्ति प्रक्रियामा आएको थियो ।

    ब्रोकर लाइसेन्स खुलाउन आन्दोलन

    कृष्णबहादुर महराले भनेपछि नेप्सेले त्यो प्रक्रिया स्थगित गर्यो । स्थगन भइसकेपछि प्रकृयालाई लिएर सर्वोच्च अदालत रिट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । त्यसको २ वर्षसम्म त्यो प्रक्रिया नै यत्तिकै रह्यो । सर्वोच्चले २ वर्षपछि यो प्रक्रिया ठिक छ यसलाई अगाडी बढाउ भनेर फैसला गरेपछि पनि लामो समय प्रक्रिया सुरु भएन ।

    त्यसपछि संयोगवस त्यँहा आवेदन दिनेहरुमा कतिपय डिग्री पढ्ने बेलाका साथीहरु पनि थिए । अब यसलाई छोडेर अर्को क्षेत्रमा जाँउ भन्ने सोच नै आएन । केही गर्दा यो प्रक्रिया भइहाल्ला कि भन्ने मनमा आशा थियो । त्यो बेलामा फेरी जुनसुकै कुरामा पनि आन्दोलन गर्नुपर्ने देशको माहोल थियो । आन्दोलन नगरेर केही पनि नहुने अवस्था थियो ।

    राम्रो नराम्रो जुनसुकै कुरामा पनि आन्दोलन नभई केही पनि हुने थिएन । त्यसपछि ५ जना साथीहरु मिलेर अब एकपटक नेप्से गएर बुझौं भनेर गइयों, त्यँहा गएपछि प्रक्रिया तत्काल सुरु हुने छाँटकाँट देखिएन । त्यो बेलामा प्रकृया शुरु गर्नुपर्छ भनेर म नै संयोजक भएर आन्दोलन सुरु गरियो । ३ सय ३६ वटा कम्पनीमा जोसुकै परुन तर प्रक्रिया सुचारु हुनुपर्यो भनेर अगाडी बढ्यो । नेप्सेमा गयो मन्त्रालय देखाउने मन्त्रालयमा गयो नेप्से देखाउँछ ।

    यस्तो भएपछि त्यँहा एकदमै अन्योल भयो । त्यो बेलामा राजस्व सचिव कृष्णहरी बाँस्कोटा हुनुहुन्थ्यो । वहालाई गएर प्रक्रिया सुरु गर्नुपर्यो भनेर कुरा राख्यौँ । यता आन्दोलनमा ब्रोकरका लागि आवेदन दिएका धेरै साथीहरु सम्पर्कमा आईसकेका थिए भनौन आन्दोलन चर्किरहेका थियो । राजस्व सचिव बाँस्कोटाले म बुझेर तपाईहरुलाई फोन गर्छु भन्नुभएको भोली पल्टनै मेरो नम्बरमा फोन गरेर यो प्रकृया अघि बढाउन पत्र लेखेर नेप्सेलाई निर्देशन दिदै छौ भन्नुभयो । संयोजक भएको नाताले मलाई फोन गरेको हुनुपर्छ । मन्त्रालयले निर्देशन दिएको केहि समयपछि नै परीक्षा हुने भएपछि आन्दोलन स्वतः रोकियो ।

    त्यो परीक्षा फेरी एकदमै फियर भएको थियो, चलखेल नहोस भनेर परीक्षा दिएको १ घण्टाभित्र नतिजा निकाल्यो ।
    त्यसमा कोहिनूरको पनि नाम निस्कयो । त्यसपछि पनि सबै प्रकृया पुर्याएर धितोपत्र बोर्डबाट ईजाजत लिएर कारोबार शुरु गर्न लगभग अर्को १ वर्ष लाग्यो । हामी बजारमा प्रवेश गर्दा कारोबार भोलुम पनि एकदमै कम थियो । समग्र बजारमा १ देखी २ करोड रुपैयाँको कारोबार हुँदा पनि ओहो भन्ने समय थियो । बजार घट्दैघट्दै २ सय ९२ अंकमा बजार आयो । त्यो बेलामा डा. बाबुराम भट्टराई अर्थमन्त्री थिए । त्यसपछि २ सय ९२ आइसकेपछी फर्केर बजार ३ सयको वरिपरी घुम्यो ।

    ११ सय ७५ अंकमा हुँदा म इन्भेष्टर नै थिए । हामी ब्रोकर भएर आउदै गर्दा बजार अत्यन्तै सुस्त थियो । त्यसपछि वर्षमान पुन अर्थमन्त्री भएर आउदै गर्दा ३ सयको बजारलाई ३ सय ५० पुर्याउने उनको टार्गेट थियो, त्यो बेलामा किनेको सेयर नामसारी भएर आउनलाई २ देखी ३ महिना लाग्थ्यो । त्यसपछि मात्र बैंकबाट त्यो सेयर राखेर क्रण लिन सकिन्थ्योे । बजारलाई चलाएमान बनाउनुपर्छ र नामसारी नभै खरिद गरेको सेयर ब्रोकरको ग्यारेन्टीमा ऋण दिने प्रचलन त्यसै बेला शुरु भएको हो । त्यसलाई चलनचल्तीको भाषामा बिटी लोन भनिन्थ्यो । त्यसपछि बजार विस्तारै बढ्न सुरु गर्यो ।

    २०७२ सालको भूकम्प जानुअघि बजार ७ सयदेखि ८ सय वरिपरी चरिरहेको थियो । त्यसबीचमा सामूहिक लगानी कोष (म्युचअल फन्ड) पनि बजारमा आए र विस्तारै कारोबार पनि बढ्दै गयो । बिटी लोनले गर्दा भोलुम पनि बढ्दै गयो । तर, २०७२ सालमा भूकम्प गएपछि भने बजार तहसनहस हुने देखियो । बजार बन्द गरेन भने बजार ध्वस्त हुन्छ भनेपछि कति समयका लागि बजार बन्द भयो । त्यो समय चाहीँ मलाई ठ्याक्कै याद भएन । जब भुकम्प पछिको जनजीवन सामान्य हुँदै गयो त्यसपछि बजार खुल्यो । बजार खुलेको पहिलो दिन बजार घट्यो । तर, केही दिनपछि बजार विस्तारै बढ्दै गयो । यता बजारमा नयाँ लगानीकर्ताहरु धमाधम आउन थाले । उता सेयर बजार पनि बढ्दै गयो । भूकम्पले बजारलाई सकारात्मक प्रभाव पर्यो । किन सकारात्मक प्रभाव पर्यो भनेर हेर्दा उद्योगधन्धा व्यापार व्यवसायमा जाने पैसा तत्कालको लागि गएन ।

    भूकम्प आएको भएर त्यो बेला धेरैको व्यापार गर्ने पैसा सेयर बजारमा आयो । विदेश हुने मान्छेहरुले पनि घर परिवारलाई पैसा पठाउने भए । त्यो बेलामा भूकम्प नेपालमा मात्र आएकाले विदेशी राष्ट्रहरुले पनि सहयोग गरेका थिए । त्यसपछि बजारमा पैसा फालाफाल भयो । त्यस समयमा सूचिकृत कम्पनीहरुको संख्या कम, सेयर संंख्या पनि कम थियो । त्यसपछी बजार १८ सय ८१ अंकसम्म पुग्यो । हामी आउँदा कारोबार प्रणाली सेमीअटोमेसन थियो, अफिसबाट नै कारोबार हुन्थ्यो । त्यो भन्दा पहिला ओपन क्राइ सिस्टम थियो, नेप्सेमै गएर कारोबार गर्नुपर्ने हुन्थ्यो । हामीले त्यो अनुभव लिन पाएनौं । त्यो भन्दा पछाडी इन्भेष्टरहरु ब्रोकर अफिस आउने, डिस्प्ले रुममा बस्ने त्यहीँबाट अर्डर दिने, अफिस नआउनेले फोन, इमेल वा म्यासेवाट अडर दिने गर्थे ।

    कारोबार पश्चात पैसा तिर्नलाई र लिनलाई अफिसमा धाउनु पर्ने स्थिती थियो । विस्तारै बजार विकास भइेरहेका थियो । बजारमा लगानीकर्ताहरु पनि बढिरहेका थिए । भोलुम पनि बढिरहेकै थियो । नयाँ नयाँ कम्पनी आउने सिलशीला पनि चलिराखेको थियो । सेयर बजारलाई अनलाइनमा ल्याउनुपर्छ भनेर सम्बन्धित पक्षहरु लागिरहेका थिए । सिडिएसी एन्ड क्लियरिङ लि. आइसकेपछि प्रावधिक रुपमा प्राथमिक बजारले फड्को मारिसकेको थियो । तर, यता दोस्रो बजार भने अनलाइनको पर्खाईमा थियो । अनलाइन आउन भने सोचेभन्दा धेरै नै समय लाग्यो हामीले एउटा सिस्टमबाट अर्को सिस्टममा जाँदा खासै समस्या नहोला भन्ने सोचेका थियौं । तर, अनलाइनमा एउटा समयमा हामीले सोचेको भन्दा धेरै समस्या आयो । हामीले यति समस्या बेहोर्न पर्यो कि कुरै छाडौं ।

    अनलाइन प्रणाली आइसकेपछि अली अली काम अनलाइनमार्फत भए पनी धेरै काम पुरानै सिस्टमअनुसार भईरहेको थियो । इन्भेष्टरहरु बानी नपरेर होला तपाईहरुलेनै ट्रेड गर्दिनुस भन्थे । उनिहरु अर्डर दिएर काम गर्न अभ्यस्त थिए त्यसैले सबै हामीले नै गथ्र्यौ । अनलाइनबाट गर्नुस न भन्यो हैन तपाईहरु आफै गर्दिनुस भन्ने स्थिती थियो । धेरैले आफैले कारोबार गर्दा समस्या आउछ भनेर पनि होला अनलाईनबाट कारोबार गर्न हिचकिचाई रहेका थिए । यता उता गरेर काम भईरहेको थियो ।कात्तिक २१ गतेदेखि अनलाईन सुरु गरेको ३ महिना मात्र भएको थियो, नयाँ सिस्टममा अभ्यस्त हुन थालेका मात्र थियौं ।

    कोभिडले समस्यामा पार्यो

    समस्याहरु पनि कम हुँदै गईरहेका थिए, अचानक कोभिड आयो । कोभिड आईसकेपछि यसलाई हामीले शुरुका दिनमा गभ्मीर रुपमा लिएनौँ । जब यो बढदै जान थाल्यो र विकराल रुप लिने दिखियो अनी हामी सबै सम्बन्धित पक्षहरु धितोपत्र बोर्डमा छलफल गरेर अब बजार बन्द नगरी नहुने भएपछि बन्द गरियो । बजार बन्द भएपछि बीचमा एकदमै समस्या बेहोर्न पर्यो । जो जोले सेयर बेचेका छन उनिहरुको पैसा भने पठाइदिन पर्यो । अब हाम्रो आउने पैसा ठप्प भयो ।

    कोभिड भयो भनेको छ, सम्पर्कमा मान्छेहरु छैनन् । त्यो पनि उनिहरुको दिनपर्ने, पैसा एउटा लेभलसम्म दिदै गयौं । अब आउने पैसा नआइदिने यता दिँदा हामीसँग भएको पैसा त सक्किसक्यो । अब ग्राहकहरुलाई जसरी हुन्छ पैसा चाहियो । सधैं बन्द गरेर हुदैन यो खोल्नुपर्छ भन्ने पनि भयो ।

    त्यसबीचमा मैले श्रीलंकामा तालिममा जाने अबसर पाएको थिएँ । त्यहाँ भेटेका कतिपय साथीहरु सम्पर्कमा थिए । यता हाम्रो बजार बन्दनै थियो उनिहरु भने बजार खुलेर पनि बढन शुरु गरिसक्यो भन्थे । कोभिडमा पनि संसारका धेरै बजार बन्दनै भएनन, यता हाम्रो बन्द बजार लामो समय पश्चात पहिले पटक खोल्दा पनि सामान्य रुपमा खोलिएन, बजार कन्ट्रोल गर्दा लगाईने सर्किट बे्रकरको प्रावधान नै परिवर्तन गरियो र १० प्रतिशत घटबढ हुन सक्ने प्रावधानलाई १ प्रतिशतमा झार्ने निर्णय भयो, १ प्रतिशतमै सर्किट ब्रेकर लाग्ने भनेपछि बजार दिन दिनै घटेको घट्यैे देखियो ।

    अनी त्यसले बजारमा नकरात्मक सन्देश जाने भयो । मिडियाले दिन दिनै बजार घट्यो भनेको छ, लेखेको छ । यसले बजारको कन्फीडेन्स झनै घटायो र बजार पुनः बन्द गर्नुपर्ने अवस्था आयो र बजार पुनः बन्द भयो । बजार पुन बन्द भएको लगभग २ महिनापछि धितोपत्र बोर्डले बजार खोल्नका लागी भनेर सम्विन्धत पक्षलाई समेटेर एउटा कमिटी बनायो, ब्रोकर संघको अध्यक्षको नाताले त्यस कमिटीमा म पनि थिए । हामी कुनै पनि हालतमा बजार खोल्नुपर्छ बजार नखोलिकन हामी धान्न सक्दैनौ भन्नेमा थियौं । उक्त कमिटीको सिफारीसअनुसार धितोपत्र बोर्डले असारको १५ गतेबाट सामान्य रुपमा बजार खोल्ने तर सकेसम्म ईन्भेष्टरले घरबाटनै अनलाईनमार्फत कारोबार गर्ने र पैसा पनि सकेसम्म अनलाईनबाटै पठाउने र यता सेयर बिक्री गरि आउने पैसा पनि ब्रोकरले अनलाईनमार्फत पठाउने निर्णय गरियो ।

    खरिद बिक्री पश्चात सेयर ट्रान्सफर गर्ने कार्य भने सिडिएससीले यस अघिनै सिस्टम बनाईसकेको थियो । त्यो बेलामा अहिले हामीले अनलाइनले यसरी काम गर्ला सबै अनलाइनबाट नै होला भन्ने सोचेर गरेको भने होइन । त्यो बेला बजार सुरु गर्नुपर्यो अनि सुरु गर्ने बेलामा केही न केही माहोल बनाउनुपर्यो भनेर सिडिएससी, नेप्से, ब्रोकर एसोसिएसनको प्रतिनिधि सम्मिलित उक्त कमिटीले बजार सामान्य रुपमा सुरु गर्ने, अनलाइनलाई प्राथामिकता दिने, कोही पनि पैसा दिनलाई आउन नपर्ने, घरै बसेर पैसा पाउने भनेर बजार खोलिएको थियो । बजार खोलेको पहिलो दिन बजार घट्यो । कतिपय स्टकहरु पहिलो दिन बजार खुल्ने वित्तिकै १० प्रतिशत घटेर बजार बन्द हुँदा १० प्रतिशत बढेका पनि थिए । त्यसपछि बजारमा यस्तो माहोल भयो की सबै मान्छेहरु देश विदेश सबै ठाउँबाट आए ।

    अनलाइन कारोबारका लागि कोभिड बरदान

    कोभिड सबैतिर भएको हुनाले सबैले अनलाइनबाट काम गर्न थाले । वास्तवमा सेयर बजारका लागि त्यसमा पनि अनलाइन कारोबारका लागि कोभिड बरदान सावित भएको हो । कोभिड नभएको भए अनलाइनले यति छिटो काम नै गर्ने थिएन । कोभिडपछि बजार बढेर ३२ सय विन्दुसम्म पुग्यो र कारोबार रकम एकैदिन २२ अर्ब रुपैयाँसम्म भयो। हाम्रो कम्पनीले एकैदिन सवा अर्ब रुपैयाँसम्म कारोबार गरेको थियो ।

    आर्थिक मन्दी सेयर बजार घटाउने ‘फ्याक्टर’

    आर्थिक मन्दी बजार घटाउने मुख्य फयाक्टर हो । तर, यो बजारलाई धेरै फ्याक्टरले असर गर्छ । अहिले पनि अरु अवस्था सामान्य हुदै गर्दा पनि आर्थिक क्षेत्र सामान्य अवस्थामा छैन । यो एकदमै सुस्त गतिमा छ । सरकार पनि आर्थिक क्षेत्र चलायमान भएन व्यापार व्यवसाय पनि ठप्प छ भन्ने अवस्थामा छ । यसले सेयर बजारलाई पनि असर गर्यो । अर्थतन्त्रलाई चलायमान बनाउने पहिलो औजार सेयर बजार नै हो ।

    यसलाई स्थिर बनाएर अर्थतन्त्र चलाएमान हुनै सक्दैन । मुख्यतया हाम्रो बजारलाई २/३ कुराले असर गर्छ । एउटा सरकारले लिने नीति तथा सरकारले बजारलाई हेर्ने दृष्टिकोण, दोस्रो नेपाल राष्ट्र बैंकले लिने नीति, उसले बजारलाई हेर्ने दृष्टिकोण र समग्र अर्थतन्त्रको अवस्था, बजारमा लगानीयोग्य पैसा र ब्याजदर । अहिले बजारमा यी धेरै कुरा सकरात्मक छन। तर, पनि लगानीकर्तामा कन्फिडेन्स छैन ।

    ४/१२ को नीतिले बिगार्यो

    बजार बढिरहेका थियो त्यति नै बेला राष्ट्र बैकले मैद्रिक नीतिमार्फत ४/१२ को नीति ल्यायो अर्थात एक जना व्यक्तीले एउटा बैंक तथा फाईनन्सबाट बढिमा ४ करोड र ३ बटा संस्थाबाट गरि १२ करोड रुपैयाँसम्म मात्र क्रण लिन सक्ने व्यवस्था थियो । भन्दा साना लगानीकर्ताको हितका लागि भने पनि ठूला लगानीकर्ताको हितविपरित हुने कुनै पनि निर्णयले बजारलाई राम्रो गर्दैन भन्ने कुरा बिर्सियो जसले गर्दा बजार बिस्तारै घट्दै जान थाल्यो । यो नीतिलाई राष्ट्र बैंकले त्यसपछि २ पटक परिवर्तन गरिसकेको छ ।

    तर, पनि बजारमा अझै सोचे जस्तो माहोल बन्न सकिरहेको छैन । ब्याजदर घटिरहेको छ, बैंकसँग लगानीयोग्य पैसा प्रसस्तै थुप्रिएको छ सरकारसमेत बजार प्रति सकरात्मक भइरहँदा आगामी दिन भने बजारका लागी सुखमय हुन सक्छ ।

    (सुनौलो नेपालको बार्षिक संस्करणबाट)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend