काठमाडौं । सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला १३०० रुपैयाँ बढ्दै सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।
अघिल्लो दिन भने सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ ।