logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • पार्टी कार्यालय बनाउन दानवापत लिएको जग्गा फिर्ता गर्न एमालेलाई नेता महरको आग्रह

    पार्टी कार्यालय बनाउन दानवापत लिएको जग्गा फिर्ता गर्न एमालेलाई नेता महरको आग्रह

    2.1K
    Shares
    पार्टी कार्यालय बनाउन दानवापत लिएको जग्गा फिर्ता गर्न एमालेलाई नेता महरको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेलाई दानवापत लिएको जग्गा फिर्ता गर्न आग्रह गरेका छन् । महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका हुन् ।

    नेपाली कांग्रेसका सम्पर्क समितिहरूसँगको वानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन् ।

    महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको सम्झाउँदै प्रधानमन्त्रीले कसैबाट दानदातब्य र नजराना लिनु सुशासनको खिलाफ हुने भएकाले जनतामा आशा जगाउन तत्काल सो जग्गा फिर्ता गर्न आग्रह गरे ।

    दानकर्ता मिनबहादुर गुरुङ दम्पत्तीप्रति आफूहरुको कुनै आग्रहपुर्वाग्रह नरहेको बताउँदै नेता महरले गुरुङ दम्पत्ती अस्पताल लगायत ठाउँमा दान गरिरहेका दानविर व्यवसायी समेत रहेका बताए । तर व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभएसम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपूर्ण कार्य हुने महरको भनाइ छ ।

    ललिता निवास जग्गा प्रकरणमा गुरुङलगायतको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिई त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन् भनेर जनताले नै प्रधानमन्त्री माथी प्रश्न उठाउने नेता महरको टिप्पणी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend