बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बेंग्लोरसंग कोलकत्ताको लज्जास्पद हार !

बेंग्लोरसंग कोलकत्ताको लज्जास्पद हार !

असोज २७ काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकता नाइट राइडर्स रोयल च्यालेन्जर्स बेंग्लोरसंग ८२ रनले पराजित भएको छ।
सोमबार शारजाहमा भएको खेलमा बेंग्लोरले कलकतालाई फराकिलो अन्तरले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २ विकेटको क्षतिमा १९४ रन जोड्यो। १९५ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्र जोड्न सक्यो।

बेंग्लोरका लागि एबी डी भिलियर्सले नटआउट ७३ रन जोडे।

आइपिएलमा मंगलबार सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend