logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाढी पहिरोले क्षति पुर्याएको वीपी राजमार्ग १० घण्टा बन्द हुने

    बाढी पहिरोले क्षति पुर्याएको वीपी राजमार्ग १० घण्टा बन्द हुने

    1.3K
    Shares
    बाढी पहिरोले क्षति पुर्याएको वीपी राजमार्ग १० घण्टा बन्द हुने

    काभ्रे । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

    गत असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण वीपी राजमार्गमा क्षति भएको थियो ।

    काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend