काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै तत्कालका लागि सो काम रोक्न भनेका छन् ।
कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिइएको छ ।
विवाद बढ्दै गएपछि मन्त्रीले धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन्।
हेर्नुहोस् पत्र :
सोही विषयमा छलफल गर्न मन्त्रालयले कात्तिक ४ गतेका लागि बैठक समेत बोलाएको छ ।
हिजो काठमाडौैँ महानगर पालिकाको टोली धर्मशाला खाली गराउन पुगेको थियो । त्यहाँ पुगेको टोलीले धर्मशाला खाली गराउन नसकेपछि त्यसै फर्किएको थियो ।
धर्मशाला खाली गराउन महानगरको टोली दैनिक जसो गौशाला पुग्छ र नसेपछि त्यसै फर्किदै आएको अवस्था छ ।
महानगरले जिल्ला प्रशासनसँग सुरक्षालाई मध्यनजर गर्दै सहयोग मागेपनि कार्यालयले वेवास्ता गर्दै आएको महानगरले जनाएको छ ।
यो पनि :
पशुपतिको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता
कामनपाले गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड, मारवाडी समुदायको प्रतिवाद