काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यो मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
आज सुुनको मूल्य तोलामा ६ सयले बढ्दै तोलाको एक लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको हो । यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।