काठमाडौँ । बुद्ध एयरको जहाज आज बिहान काठमाडौँ विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
९एन – एजेएसको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण भएको हो ।
आज बिहान उडान नम्बर १०० रहेको सो विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो।
समस्या देखिएपछि विमानलाई इाइभर्ट गरेर काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको कम्पनीले जनाएको छ।
हाल प्राविधिक टोलीले सो विमानको परीक्षण गरिरहेको बताइएको छ।