
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्। न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।
उनले दसैंअघि नै दिएको राजीनामा त्यतिबेलै स्वीकृत गरिएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रवक्ता झाका अनुसार पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend