logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    भारतीय सेनाप्रमुख नेपाल आउँदै, राष्ट्रपतिबाट मानार्थ प्रधानसेनापतिको उपाधि लिने

    भारतीय सेनाप्रमुख नेपाल आउँदै, राष्ट्रपतिबाट मानार्थ प्रधानसेनापतिको उपाधि लिने

    3K
    Shares

    असोज २८ काठमाडौं – भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवाणे नेपाल आउने भएका छन् । उनी यही आउँदो कात्तिकभित्र नेपाल आउने तयारीमा रहेको जनाइएको छ ।

    नेपाल र भारतका सेनाप्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गएर मानार्थ सेना प्रमुखको उपाधि लिने चलन छ। नरवाणे राष्ट्रपति विद्या भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी लिन नेपाल आउन लागेका हुन्।

    नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने भारत पुगेर उक्त उपाधि लिइसकेका छन्।

    यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले मिति २०७६।१०।२० गते नै निर्णय गरेको थियो ।

    नरवाणेले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भन्दै विवादित प्रतिक्रिया दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend