logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

    भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

    455
    Shares
    भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

    सिवान, बिहार/एएनआई । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदीरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

    बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ भने आठ जनाविरुद्ध जायरी दर्ता गरिएको छ ।

    मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् ।

    विरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक विरामीका आफन्तले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend