logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • बाढी–पहिरोबाट ८ अर्ब ९८ करोड दाबी, भुक्तानीमा शिखर इन्स्योरेन्स अगाडी

    बाढी–पहिरोबाट ८ अर्ब ९८ करोड दाबी, भुक्तानीमा शिखर इन्स्योरेन्स अगाडी

    1.5K
    Shares
    बाढी–पहिरोबाट ८ अर्ब ९८ करोड दाबी, भुक्तानीमा शिखर इन्स्योरेन्स अगाडी

    काठमाडौं । गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको विनासकारी बाढी र पहिरोबाट भएको क्षतिको बिमा कम्पनीहरुमा ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । असोज २९ गतेसम्म बिमितले निर्जीवन बीमा कम्पनीहरुमा सो रकम दाबी भुक्तानी माग गरेको नियामक नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

    सञ्चालनमा रहेका मध्ये डेढ दर्जन बिमा कम्पनीमा ३२ सय ४४ वटा दाबी परेको नियामक प्राधिकरणले जनाएको छ । जसमध्ये अहिलेसम्म बिमा कम्पनीहरुले ९७ वटा दाबीको १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार शिखरले अहिलेसम्म ८९ दाबीको १७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    अहिलेसम्म दाबी भुक्तानीमा शिखर इन्स्योरेन्स अघि रहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र दि ओरेन्टल इन्स्योरेन्सले अहिलेसम्म दाबी भूक्तानी गरेको छैन् । अहिलेसम्म भुक्तानी दिएका छैनन् ।

    यस्तै दाबी भुक्तानी गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स कम्पनी,आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेडले दाबी भुक्तानी सुरु गरेको प्राधिकरणले जनाएको छ ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सर्वाधिक १ अर्ब ९५ करोड २९ लाख रुपैयाँको दाबी परेको छ। यस्तै दि ओरियण्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको दाबी परेको छ ।

    सम्पत्ति बीमामा सबैभन्दा धेरै ६ अर्ब ६८ करोड ६७ लाख रुपैयाँको दाबी परेको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना, निजी आवास लगायत संरचनामा क्षति पुगेको थियो ।

    इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ १ अर्ब ८४ करोड रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको बिमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत र निर्माण सम्पन्न भएका आयोजनाको बिमाको सम्पत्ति बीमा लेखअन्तर्गत हुने प्राधिकरणले जनाएको छ ।

    बाढी र पहिरोले गर्दा मुलुककै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बन्द छ । अहिले आयोजनाको पुनर्निमाण भइरहेको छ । एक महिनाभित्र सञ्चालनमा ल्याउने तयार भएको आयोजनाले सुनौलो नेपाललाई जानकारी दिएको छ । यस्तै २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा ठूलो क्षति भएको छ । यो आयोजना पनि अहिले बन्द छ ।

    बाढीपहिरोका कारण दुई दर्जनभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । क्षति पुगेका अधिकांश आयोजना निर्माणाधीन र सञ्चालनमा रहेका छन् ।

    प्राधिकरणका अनुसार निजी मोटर बिमाबापत २३ करोड ७२ लाख रुपैयाँ दाबी परेको छ । यस्तै सार्वजनिक सवारीमा पुगेको क्षतिबापत १६ करोड ९४ लाख रुपैयाँको दाबी परेको छ ।

    सामुद्रिक बिमाअन्तर्गत २ करोड २० लाख, कृषि बीमाबापत १ करोड ११ लाख, पशुपंन्छी बिमाबापत १ करोड र अन्य ५४ लाख ८५ हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ ।

    बाढीपहिरोका कारण घर तथा सम्पत्तिमा पुगेको क्षतिको दाबी अझै आइरहेको बिमा कम्पनीहरुले बताएका छन् ।

    बिमा गराएकाहरुले मात्रै सम्पत्ति, कृषि तथा पशुपन्छी, सामुद्रिक बिमाको दाबी भुक्तानी पाउँछन् । यस्तै मोटर र इन्जिनियरिङ इन्स्योरेन्स अनिवार्य भएकाले क्षति बेहोरेका सबैले दाबी पाउने छन् ।

    कम्पनीको दुई महिनाको प्रिमियमभन्दा धेरै दाबीको आएपछि यसको ठूलो असर वित्तीय विवरणमा नै असर पर्ने देखिएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend