काठमाडौँ । नेपालले अमेरिकालाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको ग्रान्ड पिएरे मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाउन सफल भएको हो ।
टस जितेको अमेरिकाले पहिला बलिङ गरेको हो । आइसिसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी २० प्रतिस्पर्धा गरेको हो।
अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाहले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाए । अर्का ओपनर आशिफ शेखसमेत २७ रन बनाउन सफल भए ।
उनले २७ बल खेल्दा २७ रन मात्र जोड्न सके। कुशल भुर्तेल भने १३ बल खेल्दै १० रन बनाएर आउट भएका थिए ।
त्यसैगरी गुल्सन झाले ११ रन, दिपेन्द्र सिहं ऐरीले २८ रन, सोमपालले २ रनको योगदान गरे । रोहितले ३३ बलमा ४९ रन बनाउन सफल भए भने करन केसी, आरिफ शेख र सागर ढकालले एक रन पनि बनाउन सकेनन् ।