logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ: अर्बौं भ्रष्टाचार गर्ने हर्कत हामी गर्दैनौँ

    बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ: अर्बौं भ्रष्टाचार गर्ने हर्कत हामी गर्दैनौँ

    2.1K
    Shares

    असोज ३० काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सुन्य सहनशिलताको नीति लिएको बताएका छन्। ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले केहि गैरजिम्मेवार व्यक्तिले आफूमाथि समेत अर्बौं भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन नसक्ने र त्यस्ता हर्कत नगर्ने बताए।

    ‘नेपाल सरकारले भ्रष्टाचारविरुद सुन्य सहनशिलताको नीति लिएको छ। केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’ उनले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

    डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठूला नेताले बूढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

    त्यस्तै ओलीले एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा सोचिरहेको भन्दै सामाजिक अपराधका विरुद्ध कुनै पनि सम्झौता नहुने स्पस्ट पारे। बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend