असोज ३० काठमाडौं – पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराति १२ बजे उनीहरूको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो। ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरू पनि खटाइएको थियो। तर, उनीहरुरू भने सुरक्षित रहेको जनाइएको छ ।
सैनिकहरू चढेको दुईवटा सवारीसाधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। विस्फोटनपछि सवारीसाधन पनि पूरै जलेर नष्ट भएको छ।
घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरेका छन्।