शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराएको छ । अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।

म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend