शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

मारवाडी सेवा समितिलाई गौशाला धर्मशालाबाट तत्काल नहटाउन उच्च अदालतको अन्तरिम आदेश

मारवाडी सेवा समितिलाई गौशाला धर्मशालाबाट तत्काल नहटाउन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । पशुपति क्षेत्रमा मारवाडी सेवा समितिले चलाउँदै आएको गौशाला धर्मशाला विवादबारे परेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिनेवारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

गौशाला धर्मशालामा पशुपति क्षेत्रविकास कोषको हस्तक्षेप रोक्न आदेश माग गर्दै दिएको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले रिट निवेदन दर्ता गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend