logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैनः अध्यक्ष दाहाल

    राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैनः अध्यक्ष दाहाल

    742
    Shares
    राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैनः अध्यक्ष दाहाल

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताएका छन् ।

    नेपालले सोचेजस्तो प्रगति गर्न नसक्नुका राजनीतिक अस्थिरता हो भनेर हिच्किच्याउन नहुने अध्यक्ष दाहालको दाबी थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धनी पुँजीपतिहरुलाई उही मान्छे भनेर नठान्दासम्म मुलुकले आर्थिक विकास गर्न नसक्ने अनुभुति पनि सुनाए ।

    राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरु, धनि पुँजीपतिहरु हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रनसक्ने अवस्था नरहेको पनि बताए ।

    अध्यक्ष दाहालले भने, ‘हामीसँग साधन स्रोतको कमी भएर पनि होइन । अध्ययनशील जनमतको जनशक्तिको भएर पनि होइन । विजनेश अनुभव भएका त्यस्ता इन्टरप्रिनियरहरुको कमी भएर पनि होइन । फेरि पनि हामीले किन सोचे जस्तो प्रगति गर्नसकेको छैनौं भन्दा ओभर पोलिटिलाईजेशननै पोलिटिकल इन्स्टाबिलिटी नै त्यसको केन्द्रमा आउँछ भनेर हामी हिच्किचाउन हुँदैन भन्ने मलाई लाग्छ ।

    जबसम्म हामीले यो स्थितिको अन्त्य गर्न सकिदैन, तबसम्म हामीले हाम्रो साधनस्रोतको सही सदुपयोग गर्ने वातावरण बनाउन सकिँदैन । मैले विभिन्न फोरमहरुका बहसमा भाग लिने गरेको छु । खासगरी प्राइभेट सेक्टरले आयोजना गरेका त्यस्ता कार्यक्रमहरुमा हामी कहाँ समस्या माईनसेटको छ भन्ने गरेको छु मैले । हामी राजनीतिक नेतृत्वको दिमागमा या व्युरोक्रेटिक नेतृत्वको दिमागमा पनि व्यवसायीहरु, धनि पुँजीपतिहरु स्वामीजीले भनेजस्तै हामी उनीहरुलाई सही मान्छे भनेर ठान्दैनौं । उनीहरु गलत मान्छे भनेर नै ठान्छौं ।

    त्यो माईनसेट छ । र, यो माईनसेटले गर्दा हामीले हामीसँग भएको पोटेन्सियलको जसरी सदुपयोग गर्नुपर्दथ्यो, त्यो सदुपयोग गर्न सकिरहेका छैनौं भने मुख्यतः पोलिटिकल लिडरसिप र व्यूरोक्रेटिक लिडरसिपको माईनसेट नबदलिँदासमेत विसनेट कम्युनिटीमा पनि कहीँ न कहीँ कानून तोडनेतिर, राज्यका नीतिनियमहरु फलो गर्योभने तयो साध्यै छैन भनेर त्यसलाई उलंघन गर्नेतिर उद्यत हुने प्रवृत्ति विगतमा देखा नपरेको होइन ।

    त्यसकारण यहाँ हामीले मुख्यतः हाम्रो माईनसेट बदल्ने, कल्चरल्ली हामीले आफूलाई एउटा नयाँ ठाउँमा उभ्याउनुपर्ने आवश्यक्ता छ । त्यसकारण अघि मैले भनेजस्तौ बिरालो सेतो र कालो जे भएपनि मुसा मार्नु पर्यो भनेको हामीले अपनाउने हाम्रा नीतिहरुको सहीपना यो ठिक छ वा छैन भन्ने कुरा त्यसले दिने परिणाममा आधारित हुनुपर्यो । त्यसले सकारात्मक परिणाम दिएको छ, जनतालाई रोजगारी सृष्टि गर्न मद्दत गरेको छ । आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन मद्दत गरेको छ, उत्पादन वृद्धि गर्न मद्दत गरेको छ, त्यो सही नीति हो ।’

    अध्यक्ष दाहालले उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मद्दत गर्ने नीतिलाई सही नीतिको रुपमा ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend