काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ । सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्याउन अनुरोध गरेका हुन् ।
स्रोतका अनुसार उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको छ ।
शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंस्थित पार्टी कार्यालयमा पुगेको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने सडकमार्गबाट पोखरा जाने र उनको साथमा आफूहरू पनि जाने बताए ।
यसबारे सुरक्षा अधिकारीहरूसँग कुराकानी भइसकेको झाको भनाइ छ ।
त्यसअघि लामिछानेले पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूमाझ केही कुराहरू राख्ने छन् ।